१६ जेष्ठ २०८३, शनिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

काठमाण्डौ उपत्यका बाहिर पनि चलचित्रका गतिविधि बढ्दै

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ - चलचित्रको गतिविधि प्रायः काठमाण्डौ उपत्यकामा केन्द्रित छ । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् ।

प्रथम प्रदर्शनी अर्थात् प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाण्डौमा केन्द्रित भइरहँदा मोफसलमा बजार बढाउन बेलाबखतमा प्रयास हुने गरेका छन् ।

काठमाण्डौ उपत्यका बाहिर पनि चलचित्रसम्बन्धी गतिविधि बढाउनसके त्यसको प्रभाव व्यापारमा पर्ने चलचित्र निर्देशक मिलन चाम्सले बताउनुभयो । उहाँले चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनी (प्रिमियर) मोफसलपछि काठमाण्डौमा गर्दै हुनुहुन्छ ।

अघिल्लो वर्ष चलचित्र ‘महापुरुष’ मोफसलका दुई सहर र ‘बहाव’ पोखरामा प्रदर्शनी गरिएको थियो । केही दिन अगाडि चलचित्र ‘दयारानी’ को प्रदर्शनी पोखरामा गरिएको थियो । तर, यी सामान्य गतिविधि मात्र हुन् ।

निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै आफूले चलचित्रका गतिविधि गर्ने गरेको बताउनुभयो । आफ्नो आउँदाे चलचित्र ‘महाजात्रा’लाई काठमाण्डौमा मात्र नभइ मोफसल केन्द्रित गतिविधिमार्फत् प्रचारप्रसार गर्ने योजनामा रहेको उहाँको भनाइ छ । 



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.