आजको मौसम सामान्यतया सफा
२०८०/१०/२७
सहकर्मी, kathmandu-05
महाशाखाले बुलेटिन निकालेर तराईका धेरै ठाउँहरुमा हुस्सु/कुहिरो लागेको जनाएको छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Recent Comment (0)
Comment Here
Your Email won't be displayed.