२३ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

कोशी प्रदेशमा थपिए चार मन्त्री र दुुई राज्यमन्त्री

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ – कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त हुुनुुभएको छ । 

यस्तै माओवादी केन्द्रका राजेन्द्रकुमार कार्की सामाजिक विकास र नारायण बुर्जा मगर खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा नियुक्त हुनुुभएको छ । मुुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राख्नुुभएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले हिजो नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् । यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका थिए ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.