२३ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ – काठमाडौंको पचली भैरवको खड्गसिद्धि नाच ललितपुरको पाटनमा २४ वर्ष पछि शुरू भएको छ । हिजो बेलुकीदेखि पाटनको हखामा शुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाण्डौको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेशसहित १२ देवगण रहन्छन् । देवगणहरुले हिजो शुक्रवार भैरव नाच प्रदर्शन गरेका थिए । आज गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गर्नेछन् ।

एक ठाउँमा नाच देखाउन देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ । १२ वर्षे यो नाच काठमाडौको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा पालैसँग प्रदर्शन गर्ने चलन छ ।

तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट शुरु भएको यो नाच अब आउने बडा दशैँको अष्टमीका दिन समापन हुन्छ । 

नाच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा छ । पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लको पालादेखि शुरु भएको इतिहासमा उल्लेख छ ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.