२३ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

माओवादी केन्द्रको विधान मस्यौदामाथि छलफल शुरु

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको फागुन १ गतेदेखि शुरु हुने विधान अधिवेशनमा पेस हुने विधानको मस्यौदामाथि छलफल शुरु भएको छ । नेताहरुले विधानमा केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्व विकासका लागि विधि स्पष्ट हुनुपर्नेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

हिजो बसेको पार्टीको स्थायी समिति बैठकमा नेताहरुले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुुपर्ने तथा केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने सुुझाव दिएका छन् । माओवादी स्थायी समिति बैठक आज पनि बस्दैछ । माओवादीले विधानमाथि छलफल गर्न भोलि र पर्सि केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीको विधान अधिवेशन फागुन १, २ र ३ गते हुँदैछ ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.