२ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

६ महिनामा वैदेशिक रोजगारीका तीन हजारभन्दा बढी उजुरी

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डाै - बितेको ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजारभन्दा बढी उजुरी परेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको हो । यी उजुरीहरूमध्ये १ हजार ५६० उजुरीको सम्बोधन भएको विभागले जनाएको छ । विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि ६९० उजुरी परेकोमा ४५ जनाको उद्धार गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् ।

ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेकोमा १९१ मिलापत्र गराइएको पनि विभागले जनाएको छ । विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका भएकोमा ६५ उजुरीमा मिलापत्र गराइएको छ भने ९२३ उजुरी फर्छ्याेट भएको छ ।

वैदेशिक रोजगारीसम्बन्धी उजुरीहरूमा पिपुल्स फोरमले निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्दै आएको छ । 



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.