पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना
२०८०/१०/२७
सहकर्मी, kathmandu-05
काठमाण्डौ – राष्ट्र निर्माता पृथ्वीनारायण शाहका नाममा सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गर्नुुभएको हो ।
रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैंकको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जनाएको छ । अक्षय कोषको आकार एक करोड रूपैयाँ पुर्याउने लक्ष्य रहेको क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले बताउनुभयो ।
Recent Comment (0)
Comment Here
Your Email won't be displayed.